काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणीले नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा कान्स डेब्यु गरेकी छन् । गुरुङले डिजाइन गरेको शरद ऋतुको आकर्षक पहिरनमा कियारालाई देख्न सकिन्छ ।

गुरुङको ह्वाइट गाउनमा कियाराले फ्रेन्च रिभेरियामा आफ्नो सौन्दर्य छरेकी हुन् । कियारा र प्रबल दुबैले यसबारे सामाजिक संजालबाट जानकारी दिएका छन् ।

पेरिसको कस्मेटिक ब्रान्ड लोरिएलको व्यवसायिक दूतको रुपमा कियाराले यतिबेला कान्समा भाग लिइरहेकी छन् । रेड सी फिल्म फाउन्डेसनको वुमन इन सिनेमा गाला डिनरमा भारतको प्रतिनिधित्व गरेकी कियाराको सहभागिताले विश्व फिल्ममा भारतको बढ्दो प्रभावको प्रतिनिधित्व गर्छ ।

शुक्रबार उनले इन्स्टाग्राममा सेयर गरेको भिडियोमा कियारा कारबाट झरेर पहिरन प्रस्तुत गर्दै हिँडेको देख्न सकिन्छ । कियाराको फ्यान-फलोइङ नेपाली दर्शकमाझ पनि प्रशस्त छ ।

Waxaa awood ku leh Echo RSS Plugin by CodeRevolution.