८ जेठ, काठमाडौं । अमेरिकी कम्पनी एप्पलले सन् २००८ मा एप स्टोर लञ्च गरेको थियो । त्यसयता कम्पनीले यसको सुरक्षाका लागि सदैव साइबर प्रविधि उद्योगको सबैभन्दा उन्नत प्रविधिको प्रयोग गर्दै आएको छ । एप्पलको सोही साइबर सुरक्षा प्रविधिका माध्यमबाट प्रयोगकर्ताहरुको ७ अर्ब अमेरिकी डलर जोगिएको छ।

एप्पलका अुनसार सन् २०२० देखि सन् २०२३ सम्ममा खतरनाक साइबर ठगीजन्य कारोबारहरु रोकेर उसले प्रयोगकर्ताहरुको अर्बौँ डलर जोगाइदिएको छ । त्यसमध्ये १ अर्ब ८० करोड डलर त केवल २०२३ मा मात्रै बँचाइएको छ ।

ऋाफ्नो चौथो वार्षिक ठगी रोकथाम विश्लेषण रिपोर्टमा एप्पलले यस्तो दाबी गरेको हो । जस अनुसार एप्पलले १ करोड ४० लाख वटा चोरी गरिएको क्रेडिट कार्डहरु ब्लक गरिसकेको छ र ३३ लाख वटा अकाउन्टहरुलाई ती कार्डमार्फत् रकम चोरी गर्नबाट रोकेको छ ।

ग्तवर्ष सन् २०२३ मा मात्रै एप्पलले चोरीको क्रेडिट कार्डबाट हुने ३५ लाख वटा किनमेल कारोबार रोक्न सफल भएको छ । त्यसक्रममा ११ लाखवटा यस्ता अकाउन्टहरुमाथि प्रतिबन्ध लगाइएको छ जसले चोरीको कार्डबाट सामान किन्ने कोसिस गरिरहेका थिए ।

एप्पलले सार्वजनिक गरेको वार्षिक ठगी विश्लेषण रिपोर्टमा एप्पल स्टोरका नियमहरुले प्रयोगकर्ताहरुलाई ठगीका एपहरु ऋादिबाट जोगाउँछ भन्ने बारेमा बताइएको छ । एप्पलले गतवर्ष १७ लाख वटा एपलाई एप स्टोरमा प्रवेशका लागि गरेको निवेदन अस्वीकृत गरिएको जनाएको थियो । ती एपहरुले एप स्टोरको नियमको मापदण्ड पूरा गर्न नसकेको एप्पलको भनाई छ ।

रिपोर्ट अनुसार सन् २०२३ मा एप्पलले करीब ३७ करोड ४० लाखवटा डेभलपर्स तथा ग्राहक अकाउन्टहरुलाई बन्द गरिदिएको छ। त्यसक्रममा एप्पलले गतवर्ष १ लाख १८ हजार वटा डेभलपर्स अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो ताकि उनीहरुले ठगी गर्ने एप तयार गर्न नसकून् ।

ठगी सम्बन्धी समस्याका कारण थप करीब ९१ ह्जार डेभपलर्सले एप्पलको एप स्टोरमा प्रवेश पाएका थिएनन् । एजेन्सीको सहयोगमा

Waxaa awood ku leh Echo RSS Plugin by CodeRevolution.