१३ वैशाख, काठमाडौं । गेटसेट गेमको आयोजनामा आगामी शनिबार र आइतबार न्यू ब्यालेन्स थ्रि एक्स थ्रि कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

माम्बा स्पोर्टस् सेन्टरमा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ४ टिमको सहभागिता हुनेछ ।

पुरुषतर्फ लिगकम नकआउट र महिलातर्फ सिंगल राउन्ड रोविनका आधारमा खेल खेलाइने प्रतियोगिताकी निर्देशक श्रेया खड्काले जानकारी दिइन् ।

कर्पोरेट क्षेत्रमा लागेकाहरूलाई खेलकुदको मनोरञ्जन दिने र रिक्रिएसनका लागि यस प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ एकबाना सोलुसन्स, एजाइल सोलुसन्स, एफ वान सफ्ट ग्रुप, क्वीनिभर्स, डोग्मा ग्रुप, क्लाउड फ्याक्ट्री, नेपाल इनभेष्टमेन्ट मेगा बैंक, भाटभटेनी, पेपे पिजा, हिमालयन जाभा, इजी सर्भिस, लोगो प्वाइन्ट, आइएमई पे र स्वीफ्ट टेक्नोलजी छन् ।

यस्तै महिलातर्फ नेपाल इनभेष्टमेन्ट मेगा बैंक, क्वीनिभर्स र आइएमई पे सहित रेडक्ट नेपाल छन् ।

Pinapagana ng Echo RSS Plugin ni CodeRevolution.