काठमाडौं । पूजा शर्मा अभिनित फिल्म ‘दान्भी’को प्रदर्शन असार ७ गते हुने भएको छ । शर्माको जन्मदिनको अवसर पारेर निर्माताले सोमबार नयाँ रिलिज डेट घोषणा गरेका हुन् ।

चलचित्र संघ र वितरकबीचको सहमतिअनुसार यो फिल्मको पूर्वनिर्धारित जेठ १० को प्रदर्शन मिति स्थगित गरिएको थियो । उक्त छलफलमा असार ७ गते आउने सहमति जुटेको हो ।

निर्माताले नयाँ रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरिसकेका छन् । फिल्ममा पूजा र कुन्साङ बमजमको शीर्ष भूमिका छ । यो फिल्म कुन्साङको डेब्यु हो भने पूजाको लागि पहिलो एक्सन फिल्म ।

देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

यो फिल्मलाई करण श्रेष्ठको रिच इन्टरटेनमेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले मोफसल टेरिटोरीमा वितरण गर्दैछ ।

Tere na te Echo RSS Plugin na CodeRevolution.