२४ वैशाख, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जामा राम्रो सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३.७७ प्रतिशतमा झरेको छ ।

जबकि गत आवको यसै अवधिमा यस्तो कर्जा ९.८० प्रतिशत थियो । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको सोही अवधिको तुलनामा २३ प्रतिशत कमी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ५ करोड २४ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २० करोड ५ लाखबाट घटेर ११ करोड ६३ लाख रुपैयाँमा खुम्चिएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६८ पैसा छ । चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ३ करोड ६४ लाख रुपैयाँ छ ।

Працює на Плагін Echo RSS від CodeRevolution.