१ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतीकरण गरिने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने जानकारी गराएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय विद्युत प्रणालीमा नजोडिएका र विद्युत पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत् सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतीकरण गरिने उल्लेख गरिएको छ ।

विद्युत वितरण सबस्टेसनहरूलाई स्वचालित बनाइने र स्थानीय तह समेतको समन्वयमा स्मार्टमिटर वितरण गरिने पनि सरकारको नीति तथा कार्यक्रम उल्लेख छ ।

आगामी आवमा हेटौंडा, ढल्केबर, इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ ।

Inikwe amandla yi I-Echo RSS Plugin by IkhodiRevolution.